‘मेस्सी बलुन डी’ओरका प्रमुख दाबेदार हुन्’- कोम्यान
फरकधार / ४ साउन, २०७८

बार्सिलोना मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानले यस पटकको बलुन डी’ ओर अवार्ड  लियोनल मेस्सीले जित्नु पर्ने बताएका छन् । 

‘मेस्सी निकै महत्वपूर्ण छन् । उनी टिमका कप्तान र उदाहरण हुन्’, कोम्यानले बार्सिलोनासँगको कुराकानीका क्रममा भने, ‘मेस्सीको गोल गर्ने तरिका निकै उत्कृष्ट छ ।’ 

‘मेस्सीले फेरि एकपटक आफू विश्वकै उत्कृष्ट रहेको प्रमाणित गरेका छन् । मलाई थाहा छ कोपा अमेरिका जित्नु उनको सबैभन्दा ठूलो सपना थियो र जुन पूरा भइसकेको छ। मेरो विचारमा गत सिजन उत्कृष्ट प्रदर्शन गरेका मेस्सी नै बलुन डी’ओरका प्रमुख दाबेदार हुन्,’ कोम्यानले थपे ।



भर्खरै सम्पन्न कोपा अमेरिकामा मेस्सी कप्तान रहेको अर्जेन्टिनाले ब्राजिललाई हराउँदै उपाधि उचालेको थियो । उनका लागि यो पहिलो अन्तर्राष्ट्रिय उपाधि हो । 



प्रतियोगितामा ४ गोल गर्नुका साथै ५ गोलका लागि अवसर सिर्जना गरेका मेस्सी उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता चुनिएका थिए । 

मेस्सीले गत सिजन बार्सिलोनाका लागि ४७ खेलमा ३८ गोल गरे । 

  • प्रकाशित मिति : साउन ४, २०७८ साेमबार १३:८:५८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया