पाकिस्तानमा सवारी दुर्घटना हुँदा ३० जनाको मृत्यु

पाकिस्तानमा सवारी दुर्घटना हुँदा कम्तीमा पनि ३० जनाको मृत्यु भएको छ भने ४० भन्दा धेरै घाइते भएका छन् । 

पञ्जाब प्रान्तको डेरा गाजी खान सहरमा बस र ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । 

घाइतेहरूलाई अस्पताल पुर्‍याइसकिएको छ । घाइतेमध्ये चार जनाको अवस्था निकै गम्भीर रहेको छ । 

बस सियलकोटबाट राजनपुरतर्फ जाँदै थियो । चालकले ओभरटेक गर्न खोज्दा गाडी अनियन्त्रित भइ दुर्घटना भएको पाकिस्तानी मिडियाले बताएका छन् ।

पन्जाब प्रान्तका मुख्यमन्त्री उसमान बुजडारले दुर्घटनामा परी ज्यान गुमाएकाहरूप्रति समवेदना प्रकट गरेका छन् ।





  • प्रकाशित मिति : साउन ४, २०७८ साेमबार १३:५५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया