ओलम्पिक खेलमा नेपालकाे सहभागिता : हिजाेदेखि आजसम्म
सन् २०१६ मा ब्राजिलकाे रियो दी जेनेरियोमा सहभागी नेपाली खेलाडीकाे मार्चपास

विश्व खेलकुदको महामेला हो, ओलम्पिक । यो महामेला जुलाई २३ देखि जापानको टोकियोमा लाग्दै छ ।  विश्व खेलकुदको सबैभन्दा ठूलो मञ्चमा विभिन्न देशका उत्कृष्ट खेलाडीले आफ्नो खेल कौशल देखाउँदै छन् । नेपालबाट पनि ५ खेलाडीले यो प्रतियोगितामा सहभागिता जनाउँदै छन् ।

नेपालले ओलम्पिकमा सहभागिता जनाउन लागेको लामो समय भइसकेको भए पनि कुनै उपलब्धि भने हात पारेको छैन ।नेपालले सन् १९६४ को टोकियो ओलम्पिकबाट सहभागिता जनाउन थालेको हो । त्यसयता १९६८ को मेक्सिको ओलम्पिकबाहेक सबैमा नेपालले सहभागिता जनाएको छ ।  तर, हालसम्म पदकविहीन छ । 

ओलम्पिकको लामो इतिहास बोकेको नेपालबाट हालसम्म जम्मा दुई खेलाडी मात्र छनोट चरण पार गरेर प्रतियोगितामा सहभागी भएका छन् । 

सन् २००४ को एथेन्स ओलम्पिकमा तेक्वान्दोबाट संगिना वैद्य र सन् २००८को बेइजिङ ओलम्पिकमा तेक्वान्दोकै दीपक विष्टले छनोट चरण पार गरेका थिए । अन्य खेलाडीले भने अन्तर्राष्ट्रिय कोटा वा वाइल्ड कार्डका आधारमा सहभागिता जनाएका हुन् ।

सन् १९८८ को सोल ओलम्पिकमा नेपालका तेक्वान्दो खेलाडी विधान लामाले कास्यपदक जितेका भए पनि तेक्वान्दोलाई प्रदर्शनी खेलका रुपमा समावेश गरिएको हुँदा त्यसलाई आधिकारिक भने मानिँदैन । 

नेपालका तर्फबाट सबैभन्दा धेरैपटक ओलम्पिकमा सहभागी हुने खेलाडी हुन्, वैकुन्ठ मानन्धर । उनले ४ ओलम्पिकमा सहभागिता जनाएका छन् । 
 



यस्तो छ नेपालको ओलम्पिक सहभागिता

१९६४: टोकियो, जापान



यो नेपालले सहभागिता जनाएको पहिलो ओलम्पिक हो । यसमा नेपालको तर्फबाट एथ्लेटिक्स र बक्सिङका ६ खेलाडीले सहभागिता जनाएका थिए । 

नेपालबाट सहभागी हुने खेलाडी

एथलेटिक्सः भूपेन्द्र सिलवाल, गंगाबाहदुर थापा

बक्सिङः नामसिंह थापा, भीमबहादुर थापा, रामप्रसाद गुरुङ र ओमप्रसाद पुन

१९७२ः म्युनिख, जर्मनी

यो ओलम्पिकमा नेपालको तर्फबाट एथ्लेटिक्सका २ खेलाडीले मात्र सहभागिता जनाएका थिए ।

नेपालबाट सहभागी हुने खेलाडी

एथ्लेटिक्सः जितबहादुर खत्री क्षेत्री र भक्तबहादुर सापकोटा

१९७६ः मेन्टेरियल, क्यानडा

यो ओलम्पिकमा नेपालको तर्फबाट सहभागिता जनाउने एक मात्र खेलाडी हुन्, एथ्लेटिक्सका वैकुण्ठ मानन्धर । 
 
१९८०ः मस्को, रसिया

यो ओलम्पिकमा नेपालको तर्फबाट एथ्लेटिक्स, बक्सिङ र भारोत्तोलनका ११ खेलाडीले सहभागिता जनाएका थिए । 

नेपालबाट सहभागी हुने खेलाडी

एथलेटिक्सः रघुराज वन्त, लक्ष्मण बस्नेत, नरबहादुर दाहाल, वैकुन्ठ मानन्धर, मुकुन्दहरि श्रेष्ठ

बक्सिङः रविराज थापा, पुष्करध्वज शाही, नरेन्द्र पोमा, विष्णु मालाकार

भारोत्तोलनः अशोककुमार कार्की र राजेन्द्र प्रधान

१९९८४ः लस एन्जलस, अमेरिका 

यो ओलम्पिकमा नेपालको तर्फबाट एथ्लेटिक्स, बक्सिङ र भारोत्तोलनका ११ खेलाडीले सहभागिता जनाएका थिए । 

नेपालबाट सहभागी हुने खेलाडी

एथलेटिक्सः पुष्पराज ओझा, जोध गुरुङ, वैकुन्ठ मानन्धर, अर्जुन पण्डित, अमिरी यादव

बक्सिङः प्रविन तुलाधर, दलबहादुर राना मगर, उमेश मास्के, मनोजबहादुर श्रेष्ठ

भारोत्तोलनः जगदीश प्रधान र सुरेन्द्र हमाल

 १९८८ः सोल, दक्षिण कोरिया

यो ओलम्पिकमा नेपालको तर्फबाट सबैभन्दा खेलाडी सहभागी भएका थिए ।

सोल ओलम्पिकमा नेपालबाट एथलेटिक्स, बक्सिङ, जुडो, सुटिङ, तेक्वान्दो (प्रदर्शनी खेल), भारोत्तोलनका १८ खेलाडीले सहभागिताका जनाएका थिए । 

यो ओलम्पिकमा नेपालका विधान लामाले कास्यपदक जितेका थिए । तर, उनले सहभागिता जनाएको तेक्वान्दोलाई प्रदर्शन खेलका रुपमा समावेश गरिएको हुनाले त्यसलाई आधिकारिक गणना भने गरिएको छैन । 

नेपालबाट सहभागी हुने खेलाडी

एथलेटिक्सः हरिबहादुर रोकाय, वैकुन्ठ मानन्धर, टीका बोगटी, कृष्णबहादुर बस्नेत, डम्बर कुँवर, राजकुमारी पाण्डे, मेनुका रावत

बक्सिङः डम्बरदत्त भट्ट, विष्णुबहादुर सिंह, रामबहादुर गिरी, दलबहादुर राना मगर, झापटसिंह भुजेल

भारोत्तोलनः भरत साउद

सुटिङः पार्वती थापा

जुडोः ऋषिराम प्रधान, गंगाबहादुर डंगोल 

तेक्वान्दो (प्रदर्शनी खेल)ः विधान लामा, मनबहादुर तामाङ

१९९२ः बार्सिलाेना, स्पेन 

बार्सिलोना ओलम्पिकमा नेपालबाट एथ्लेटिक्स, तेक्वान्दो र सुटिङका ३ खेलाडीले सहभागिता जनाएका थिए । 

नेपालबाट सहभागी हुने खेलाडी 

एथ्लेटिक्सः हरिबहादुर रोकाय   

सुटिङः अनिता श्रेष्ठ

तेक्वान्दोः नारायण गुरुङ

१९९६ः एटलान्टा, इटाली

एटलान्टा ओलम्पिकमा नेपालको तर्फबाट एथलेटिक्स, सुटिङ, पौडी र भारोत्तोलनका ६ खेलाडीले सहभागिता जनाएका थिए । 

नेपालबाट सहभागी हुने खेलाडी

एथलेटिक्सः टीका बोगटी, विमला राना मगर 

 भारोत्तोलनः सुनिल जोशी

सुटिङः विभाश्वरी राई

पौडीः सीताराम शाही र निश्मा गुरुङ

२००२ः एथेन्स, ग्रिस

यो ओलम्पिकमा नेपालको तर्फबाट एथ्लेटिक्स, सुटिङ र पौडीका ५ खेलाडीले सहभागिता जनाएका थिए । 

नेपालबाट सहभागी हुने खेलाडी

एथ्लेटिक्सः ज्ञानबहादुर बोहोरा, देवीमाया पनेरु

सुटिङः भगवती खत्री क्षेत्री

पौडीः चित्रबहादुर गुरुङ र रुना प्रधान

२००४ः सिड्नी, अस्ट्रेलिया

सिड्नी ओलम्पिकमा नेपालको तर्फबाट एथ्लेटिक्स, सुटिङ, पौडी र तेक्वान्दोका ६ खेलाडीले सहभागिता जनाएका थिए । 

नेपालबाट सहभागी हुने खेलाडी

एथलेटिक्सः राजेन्द्रबहादुर भण्डारी, कान्छीमाया कोजु

सुटिङः टीका श्रेष्ठ

तेक्वान्दोः संगिना वैद्य (उनी छनोट चरण पार गरेर ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।)

पौडीः एलिस श्रेष्ठ र नयना शाक्य 

२००८ः बेइजिङ, चीन

यो ओलम्पिकमा नेपालको तर्फबाट एथ्लेटिक्स, तेक्वान्दो, जुडो, सुटिङ, पौडी र भारोत्तोलनका ६ खेलाडीले सहभागिता जनाएका थिए । 

नेपालबाट सहभागी हुने खेलाडी

एथ्लेटिक्स: अर्जुनकुमार बस्नेत, चन्द्र थापा 

भारोत्तोलनः कमल अधिकारी

सुटिङः फुलमाया क्यापचकी

जुडोः देभु थापा

तेक्वान्दोः दीपक विष्ट (उनी छनोट चरण पार गरेर ओलम्पिक खेल्ने दोस्रो खेलाडी हुन् ।) 

पौडीः सीताराम शाही र करिश्मा कार्की  

२०१२ः लन्डन, बेलायत

लन्डन ओलम्पिकमा नेपालको तर्फबाट एथलेटिक्स, सुटिङ र पौडीका ५ खेलाडीले सहभागिता जनाएका थिए । 

नेपालबाट सहभागी हुने खेलाडी

एथलेटिक्सः तिलकराम थारू, प्रमिला रिजाल

सुटिङः स्नेहा राना

पौडीः प्रसिद्ध शाह र श्रेया धिताल

२०१६ः रियो दि जेनेरियो, ब्राजिल

यो ओलम्पिकमा नेपालको तर्फबाट एथ्लेटिक्स, आर्चरी, जुडो, पौडी र तेक्वान्दोका ७ खेलाडीले सहभागिता जनाएका थिए । 

नेपालबाट सहभागी हुने खेलाडी

एथ्लेटिक्सः हरिकुमार रिमाल, सरस्वती भट्टराई

आर्चरीः जितबहादुर मोक्तान

जुडोः फुपुल्यामु खत्री

तेक्वान्दोः निशा रावल

पौडीः शिरीष गुरुङ र गौरिका सिंह

२०२०ः टोकिया, जापान

कोरोना महामरीका कारण एक वर्षपछाडि धकेलिएको टोकियो यो ओलम्पिकमा नेपालको तर्फबाट एथ्लेटिक्स, जुडो, सुटिङ र पौडीका ५ खेलाडीले सहभागिता जनाउँदै छन् ।
 
नेपालबाट सहभागी हुने खेलाडी

एथ्लेटिक्सः सरस्वती चौधरी

सुटिङः कल्पना परियार

जुडोः सोनिया भट्ट

पौडीः गौरिका सिंह र एलेक्स शाह

(एजेन्सीकाे सहयाेगमा )

  • प्रकाशित मिति : साउन ४, २०७८ साेमबार १९:२४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया