कक्षा १२ को अन्तिम परीक्षा साउन मसान्तबाट हुने
प्रतिकात्मक तस्वीर

कोरोना भाइरसका कारण रोकिएको कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन मसान्तबाट सुरु हुने भएको छ । 

राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा सञ्चालन गर्न अनुमति दिएको बताएको छ । बोर्डका अनुसार साउनको अन्तिमबाट परीक्षा सुरु गर्ने योजना रहेको छ । 

बाेर्डले केही दिनमै परीक्षाकाे कार्यतालिका सार्वजनिक गर्ने बताएकाे छ ।

बोर्डका अनुसार एक सय पूर्णाङ्कको लिखित परीक्षा लिइनेछ । गत वर्ष कोरोनाका कारणले कक्षा १२ को जम्मा ४० पूर्णाङ्कको परीक्षा लिइएको थियो । विद्यार्थीले तीनै घन्टाको परीक्षा दिनुपर्नेछ ।





  • प्रकाशित मिति : साउन ५, २०७८ मंगलबार ७:३२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया