आफ्नो पक्षमा बहुमत सांसद जुटेसँगै जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले संसदीय दलको विधान पारित गरेको छ ।
मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले जसपाको संसदीय दलको विधान सर्वसम्मत रुपमा पारित गरेको हो ।
जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवको अगुवाइमा बसेको बैठकले विधान पारित गरेको जसपाका एक सांसदले जानकारी दिए ।
ती सांसदका अनुसार बैठकमा २० भन्दा धेरै सांसदको उपस्थिति थियो । अब संसदीय दलको बैठक बसी संसदीय दलको नेता चयन गर्नेदेखि सरकारमा सहभागी हुनेबारे निर्णय गर्ने भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।