‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता गुमाएको सन्दीपको संकेत

नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले पहिलोपटक आयोजना हुन लागेको ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता गुमाएको संकेत गरेका छन् । 

उनले सामाजिक सञ्जाल ट्विटर मार्फत आफूले प्रतियोगिता गुमाएको संकेत गरेका हुन् ।

यसअघि क्रिकेट सम्बन्धी वेव साइट क्रिकइन्फोले पनि भिसा समस्याका कारण सन्दीपले प्रतियोगिता गुमाउन सक्ने बताएको थियो । उनले टिएर ५ भिसा पाए पनि खेलका लागि अनुमति पाएका थिएनन् ।

सन्दीपले ट्विटरमा ‘कस्ताे लज्जास्पद ?’ भनेर लेखेका छन् । यसले के संकेत गर्छ भने उनले प्रतियोगिता खेल्न नपाउने भएका हुन् । 

विहीबारबाट सुरु हुने प्रतियोगितामा सन्दीपलाई ओभल इन्भिन्सिबल्सले क्लबले ६० हजार पाउन्डमा टिममा भित्र्याएको थियो । 

सन्दीप गएको असार २४ मा बेलायत पुगेका थिए । उनले बेलायत सरकारको नियम अनुसार १० दिनको क्वारेन्टाइन बसाइ पनि पूरा गरिसकेका छन् ।



प्रतियोगिताको उद्घाटन खेलमा ओभल इन्भिन्सिबल्सले म्याचेस्टर ओरिजिनल्ससँग प्रतिस्पर्धा गर्नेछ । 

ओभलले भने आधिकारिक रूपमा कुनै जानकारी गराएको छैन । 



  • प्रकाशित मिति : साउन ५, २०७८ मंगलबार १७:३०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया