‘ए’ डिभिजन रोक्न चार क्लबले बुझाए ज्ञापनपत्र

आगामी असोज ३ बाट सुरु हुने भनिएको सहिद स्मारक ‘ए’ डिभिजन लिग रोक्न ४ क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) समक्ष ज्ञापनपत्र बुझाएका छन् । 

कोरोना महामारीको समयमा लिग आयोजना गर्न उपयुक्त नहुने भन्दै मंगलबार ४ ‘ए’ डिभिजन क्लब थ्रिस्टार, जावलाखेल युथ, फ्रेन्ड्स र ब्रिगेड ब्वाइज क्लबले संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका हुन् । ती क्लबले कोरोना संक्रमण दर अत्यन्त कम भएको खण्डमा मात्र लिग आयोजना गर्न अनुरोध गरेका छन् ।
 
जावलाखेलका अध्यक्ष महेन्द्र क्षेत्री, फ्रेन्ड्सका अध्यक्ष दीपक थापा, थ्रिस्टारका महासचिव सञ्जीव शिल्पकार र ब्रिगेड ब्वाइजका अध्यक्ष लालकुमार पुनले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई ज्ञापनपत्र हस्तान्तरण गरे ।
 
एन्फा र ‘ए’ डिभिजन क्लबबीच असार १४ गते बसेको बैठकले असोज ३ देखि लिग आयोजना गर्ने निर्णय गरेको थियो । लिगमा १४ क्लबले सहभागिता जनाउनेछन् ।





  • प्रकाशित मिति : साउन ५, २०७८ मंगलबार १८:३३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया