बाबुरामलाई कमल थापाको प्रश्न : खोलामा जिउँदै मान्छे बगाएको बिर्सनुभयो ?

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा दुवै सामाजिक सञ्जाल ट्विटरमा सक्रिय व्यक्ति हुन् । दुवैले लगातार आफ्ना भनाइहरु राखिरहेका हुन्छन् । 

तर, बुधबार भने भट्टराईको ट्विटको प्रतिवादमा उत्रिएका छन्, थापा । भट्टराईले सेयर गरेको भारतीय एउटा स्टाटस सहितको तस्बिरलाई जवाफ दिने क्रममा थापाले कडा प्रतिक्रिया दिएका हुन् ।

बुधबार बिहान भट्टराईले डा. योगि आदित्यनाथले नदीमा दुध चढाउँदै गरेको फोटो सेयर गरे । जसमा लेखिएको थियो, ‘विश्वास खतरा चिज हो । जसले खोलामा दुध बगाएर मुत्र पिउने बनाउँछ ।’

भट्टराईले उक्त स्टाटस सहितको ट्विटलाई मेरा भारतीय सहपाठीले प्रसारण गरेको भन्दै आफ्नो वालमा सेयर गरेका थिए । जसको जवाफमा थापाले जनयुद्धका क्रममा भट्टराईले केके गरे भन्ने बेलिबिस्तार लगाएका हुन् । 

थापाले जनयुद्धका क्रममा भट्टराईहरुले खोलामा मान्छेको रगत बगाएको, मान्छेको लास बगाएको बिर्सिएर दूध बगाउँदा किन टाउको दुखाउनु भन्दै प्रश्न गरेका छन् । उनले लेखेका छन्, ‘आगोसँग खेल्ने प्रयास नगर्नुहोला मेरो सहपाठी ।’

थापाले लेखेका छन्, ‘योगीले खोलामा दूध बगाउँदा तपाईको टाउको दुख्छ, तर तपाईं आफूले खोलामा मान्छेको रगत बगाएको, मान्छेको लास बगाएको, जिउँदै मान्छेलाई नै बगाएको चाहिँ बिर्सिनुभयो ??’



 



  • प्रकाशित मिति : साउन ६, २०७८ बुधबार १२:३५:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया