उपचार खर्च सरकारले तिर्ने होइन, बरु पाँच वर्षको बीमा गरिदिऊँ : अध्यक्ष लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले सरकारले कुनैपनि सांसद अथवा माननीयहरुको उपचार खर्च बेहोर्न नहुने बताएका छन् । वैकल्पिक व्यवस्था गर्न सकिने तर सरकारले तिर्न नहुने उनको भनाइ छ । 

सामाजिक सञ्जालमार्फत अध्यक्ष लोहनीले विदेशमा गएर गरिने कुनैपनि व्यक्तिको उपचार खर्च गैरकानुनी रुपमा सरकारले तिर्न नहुने बताए । उनले जनताको करबाट उठेको रकम नेताका लागि खर्च गर्न नहुने बताए । 

अध्यक्ष लोहनीले सरकारले उपचार खर्च तिर्नुभन्दा बरु माननीयहरुको ५ वर्षको स्वास्थ्य बीमा गरिदिने उपाए सुझाए । उनले गैरकानुनी रुपमा हुने खर्च रोक्नै पर्ने बताए । 

सरकारले गैरकानुनी बाटोबाट विदेशमा उपचार गर्नेहरुको रकम भुक्तानी गरिदिने हो भने समाजवाद उन्मुख भनिएको सरकारको परिभाषा के हो भन्दै अध्यक्ष लोहनीले प्रश्न गरेका छन् । 

 





  • प्रकाशित मिति : साउन ६, २०७८ बुधबार १६:२९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया