विधान कार्कीले पाए अन्तर्राष्ट्रिय अवार्ड

म्युजिक भिडियो निर्देशक विधान कार्कीले अन्तर्राष्ट्रिय अवार्ड जितेका छन् । उनले भारतको महाराष्ट्रको औरंगवादमा आयोजना गरिएको ‘दोस्रो रोशनी रिल्स अन्तर्राष्ट्रिय सर्ट फिल्मस् फेस्टिभल २०२१’मा ‘उत्कृष्ट म्युजिक भिडियो कन्सेप्ट’को अवार्ड जितेका हुन् ।

कार्कीलाई उनले निर्देशन गरेको ‘केटो अलि कमाउने होस्’ बोलको गीतको म्युजिक भिडियोका लागि उक्त अवार्ड प्रदान गरिएको हो । उक्त महोत्सवमा विश्वका सयभन्दा धेरै म्युजिक भिडियो प्रतिस्पर्धामा थिए । 

तीमध्ये अन्य ४ देशका म्युजिक भिडियोसँगै कार्कीको उक्त म्युजिक भिडियो उत्कृष्ट ५ मा परेको थियो । उत्कृष्ट ५ मा परेका अन्य ५ देशका प्रतिस्पर्धीलाई पछि पार्दै कार्की ‘उत्कृष्ट म्युजिक भिडियो कन्सेप्ट’को अवार्ड हात पार्न सफल भएका हुन् ।

फिल्म एजुकेसन र वेल्फेयर फाउन्डेसनले आयोजना गरेको महोत्सवमा भारत, लेबनान, हङकङ, नर्वे, स्विडेन लगायतका देशका चलचित्रकर्मी निर्णायक थिए । अर्जुन पोखरेलले संगीत गरेको उक्त गीत सुनिल कटुवाल र समिक्षा अधिकारीले गाएका छन् ।





  • प्रकाशित मिति : साउन ६, २०७८ बुधबार १७:३२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया