कांग्रेस सांसद अमरेशकुमार सिंहले दिए पदबाट राजीनामा (पत्रसहित)

नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामा दिएका छन् । 

कांग्रेसको क्रियाशील सदस्यता विवादका कारण उनले सांसद पदबाट राजीनामा दिएका हुन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजीनामा दिएका हुन्।

राजीनामा पत्रमा उनले महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको क्रियाशील सदस्यता वितरण, समायोजन र नवीकरणका क्रममा पार्टीभित्र उत्पन्न अवान्छित, अस्वाभाविक र भद्दा प्रवृत्तिले नेपाली काङ्ग्रेस चुस्त र गतिशील बन्ने मार्गमा अवरोध पैदा गरेको दाबी गरेका छन् । 

‘खासगरी प्रदेश नं २ मा उपसभापति विमलेन्द्र निधिले अवलम्बन गर्नुभएको नीति र व्यवहारले चिन्ताजनक स्थिति उत्पन्न गराएको छ,’ राजीनामा पत्रमा सिंहले लेखेका छन्, ‘विगत दुई दशकदेखि प्रदेशमा काङ्ग्रेसको एकछत्र नेताका रूपमा निधिको उपस्थिति रहनु र यही दुई दशकभित्र काङ्ग्रेसको प्रभाव तथा हैसियत हासोन्मुख हुनुलाई संयोग मात्र मान्न सकिँदैन ।’ 

निधिले निष्ठावान्, गतिशील र पार्टीप्रति समर्पित पुराना तथा युवा साथीहरूलाई समेट्न नखोजेको, विपरीत छविका र पार्टीसँग अपरिचित व्यक्तिलाई मनोमानी तरिकाले क्रियाशील सदस्यता वितरण गरेको, समायोजन र नवीकरणका नाममा निजी जत्था तयार गर्ने कपटी प्रयास भइरहेको भन्दै उनले सभापति देउवाको ध्यानाकर्षण गराएका छन् । 

पार्टीलाई आफ्नो काबुमा राख्ने निहीत उद्देश्यबाट प्रेरित भई नेतृत्व तहकै जिम्मेवार नेताबाट गैह्रजिम्मेवार व्यवहार प्रस्तुत हुँदा आम निष्ठावान् कार्यकर्तामा निराशा बढेको र प्रदेशमा काङ्ग्रेस पार्टीको स्थिति थप रक्षात्मक अवस्थामा पुग्ने खतरा रहेको उनले औँल्याएका छन् । 



यस्ताे छ सिंहकाे राजीनामा पत्र



  • प्रकाशित मिति : साउन ६, २०७८ बुधबार २०:२०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया