बाँकेमा पौडी खेल्ने क्रममा डुबेर तीन किशोरको मृत्यु
प्रतिकात्मक तस्वीर

बाँकेमा पौडी खेल्ने क्रममा डुबेर तीन किशोरको मृत्यु भएको छ । 

जिल्लाको कोहलपुर-१० मा रहेको डुडुवा खोलामा पौडी खेल्ने क्रममा  तीनै जनाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले बताए । 

प्रहरीका अनुसार मृत्यु हुनेहरूमा नेपालगन्ज उपमहानगरपालिका ११ का १८ वर्षीय राशिद जसगढ, सोही स्थानकै १८ वर्षीय अरमान जसगढ र १६ वर्षीय आरिफ जसगढ रहेका छन् ।

बुधबार दिउँसो  तीनैजना पाैडी खेल्न भनी डुडुवा खाेलामा गएका थिए । उनीहरू डुबेपछि प्रहरी परिचालन गरी खाेजी गरिएकाे थियाे । केही समयकाे खाेजीपश्चात् नै तीनैजनाकाे शव बाहिर निकालिएकाे प्रहरी नायव उपरीक्षक  खनाले जानकारी दिए ।

प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको छ ।





  • प्रकाशित मिति : साउन ७, २०७८ बिहीबार १०:४८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया