टोकियो ओलम्पिक : नेपालकी सोनियालाई कठिन प्रतिद्वन्द्वी

नेपालकी जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिकमा कठिन प्रतिद्वन्द्वी पाएकी छिन्।

आयोजकले बिहीबार निकालेको खेल तालिका अनुसार पहिलो चरणमा उनले रुसकी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्नुपर्ने छ।

सोनियाले ४८ केजी तौल मुनिको समूहमा प्रतिस्पर्धा गर्दैछिन् । यो खेल जुलाई २४ मा हुनेछ। 

१३औँ दक्षिण एसियाली खेलकुलमा कास्य पदक विजेता सोनियाले वाइल्ड कार्ड मार्फत ओलम्पिक खेल्ने अवसर पाएकी हुन् । 

इरिना विश्व वरियताको नवौँ स्थानमा छिन् । प्रतिवन्धका कारण यसपटक रुसी खेलाडीहरूले देशको नभएर स्वतन्त्र रूपमा ओलम्पिक कमिटीको झन्डामुनि रही ओलम्पिकमा प्रतिस्पर्धा गर्नेछन् । 

खेल तालिका 





  • प्रकाशित मिति : साउन ७, २०७८ बिहीबार १५:५६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया