गण्डकी प्रदेशमा माओवादीका थप तीन मन्त्रीको टुंगो लाग्यो

गण्डकी प्रदेशमा नयाँ सरकार गठन भएको झण्डै डेढ महिनापछि माओवादी केन्द्रले सरकारमा जाने तीनजना मन्त्रीको टुंगो लगाएको छ । 

बिहीबार बसेको माओवादीको बैठकले कास्कीका रामजी बराल, स्याङ्जाका दीपक मगर र बागलुङका चन्द्रबहादुर बुढालाई मन्त्री बनाउन सिफारिस गरेको छ । 

जसअनुसार रामजी बरालले अर्थ, दीपक मगरले वन तथा वातावरण मन्त्रालय र चन्द्रबहादुर बुढाले कृषि मन्त्रालय सम्हाल्ने भएका छन् । 

माओवादी केन्द्रबाट यसअघि नै मधुमाया अधिकारी गुरुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री भएकी छन् । नयाँ मन्त्रीहरूको शपथ शुक्रबार दिउँसो १ बजेका लागि तय भएको छ ।





  • प्रकाशित मिति : साउन ७, २०७८ बिहीबार २१:५२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया