घरेलु टोली आयरल्यान्ड विरुद्ध टि-२० सिरिज अन्तर्गत दोस्रो खेलमा दक्षिण अफ्रिका विजयी भएको छ । उसले बिहीबार भएको खेलमा ४२ रनको जित हात पारेको हो।
दक्षिण अफ्रिकाले यो जितसँगै ३ खेलको सिरिज एक खेल अगावै आफ्नो पक्षमा पारेको छ ।
दक्षिण अफ्रिकाले दिएको १६० रनको लक्ष्य पछ्याउने क्रममा आयरल्यान्डले १९.३ ओभरमा सबै विकेट गुमाउँदै ११७ रन मात्र बनाउन सक्यो ।
आयरल्यान्डका लागि कुनै पनि ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन सकेनन् । शेन गेट्काटे सर्वाधिक २४, जर्ज डकरेलले २०, पल स्टर्लिङले १९ र मार्क आदिरले अविजित १५ रन बनाए ।
दक्षिण अफ्रिकाका तावरेज शाम्सी र ब्योर्न फर्टुइनले समान ३-३, ब्युरन ह्यान्ड्रिक्सले २, लुङ्गी एनगिडी, एडेन मारक्रमले १-१ विकोट हात पारे ।
यसअघि बेलफेस्टमा टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५९ रनको योगफल तयार पारेको थियो ।
द. अफ्रिकाका लागि ४४ बलको सामना गरेका डेविड मिलरले ४ चौका र ५ छक्काको मद्दतमा अविजित ७५ रनको उत्कृष्ट पारी खेले ।
वियान मुल्डरले ३६ र क्विनटन डि ककले २७ रनको योगदान दिए ।
आयरल्यान्डका पल स्टर्लिङ र मार्क आदिरले समान २-२ विकेट हात पार्दा क्रेग योङ्ग, जोसुवा लिटल र सिमी सिंहले समान १-१ विकेट लिए ।
दक्षिण अफ्रिकाले पहिलो खेलमा ३३ रनको जित दर्ता गरेको थियो । तेस्रो तथा अन्तिम खेल जुलाई २४ मा हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।