द हन्ड्रेड क्रिकेट प्रतियोगिता : ओभलको विजयी सुरुवात

क्रिकेटको नयाँ प्रारूप ‘द हन्ड्रेड’मा पुरुषतर्फ ओभल इन्भिन्सिबल्सले विजयी सुरुवात गरेको छ । उसले बिहीबार भएको उद्घाटन खेलमा म्यानचेस्टर ओरिजिनल्समाथि ९ रनको जित दर्ता गरेको हो ।

ओभलले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा म्यानचेस्टरले १०० बलकै सामना गरे पनि ७ विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो ।

म्यानचेस्टरका लागि कार्लोस ब्रेथवेटले सर्वाधिक ३७ रनको योगदान दिए । कोनिल मुनरोले २६ र केल्भिन ह्यारिसनले २३ रन जोडे ।

ओभलका लागि साम करन र नाथन स्वटरले समान २-२, सुनिल नारायण, रीस टोप्ली र टम करनले १-१ विकेट लिए ।

त्यसअघि लन्डनमा टस हारेर ब्याटिङको निम्तो पाएको ओभलले निर्धारित १०० बलमा ८ विकेट गुमाउँदै १४९ रनको योगफल तयार पारेको थियो ।

ओभलका लागि कप्तान साम विलिंग्सले सर्वाधिक ४९ रनको योगदान दिए । टम करनले अविजित २९ र जेसन रोयले २० रन जोडे । 



म्यानचेस्टरका फ्रेड क्लासेनले ३, टोम हार्थली र स्टिभन फिनले समान २-२ विकेट हात पार्दा म्याट पार्किनसनले १ विकेट लिए । 



  • प्रकाशित मिति : साउन ८, २०७८ शुक्रबार ७:३९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया