भक्तपुरमा टिप्परसँग ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ ।
जिल्लाको सूर्यविनायक नगरपालिका-८ आदर्शचोकस्थित बिहीबार राति १ बजे प्रदेश ३-०१-००६ ख २०३८ नम्बरको टिप्परमा प्रदेश-३ -०२-०२४ प ८०३३ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक सूर्यविनायक ६ सिपाडोल निवासी २१ वर्षीय निरज श्रेष्ठको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका श्रेष्ठलाई भक्तपुर अस्पताल दुधपाटी पुर्याइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तीव्र गतिमा रहेको स्कुटर एक्कासी टिप्परमा ठोक्किएको थियो ।
प्रहरीले टिप्पर चालक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १२ का २९ वर्षीय रमेश माझीलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।