सत्तारुढ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई सत्ताबाट निकालिएपछि मात्रै मूल्य मान्यताको याद आएको बताएका छन् । प्रतिनिधिसभामा बोल्दै नेता सि.हले यस्तो बताएका हुन् ।
एमालेको संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवास नेम्वाङलाई जवाफ दिँदै सिंहले सत्तामा रहुन्जेल मूल्य मान्यतामा ध्यान नहुने तर प्रतिपक्षमा पुगेलगत्तै याद आएको भन्दै कटाक्ष गरे ।
सिंहले एमालेलाई कटाक्ष गर्दै आफू सरकारमा रहेका बेला विधि र पद्धति मिच्ने तर प्रतिपक्षमा पुगेलगत्तै विधि, मूल्य र मान्यताको कुरा गरेपनि त्यसको कुनै अर्थ नरहेको बताए । उनले दलहरु मिलेर संविधानको रक्षा गरेका पनि बताए ।
सिंहले आफू सत्तामा रहँदा सीमामा नबस्ने अहिले अहिले गठबन्धनको सरकारलाई परमादेशको भन्दै गलत व्याख्या गरेर केही हाँसिल नहुने बताए । उनले विधि र नियमबाट सानै हैसियतमा रहेको दलको प्रधानमन्त्री बनेको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।