जति महँगो भए पनि किनेर जनतालाई कोरोना खोप लगाउँछौँ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेर बहादुर देउवाले जतिसुकै महँगो भए पनि किनेर जनतालाई कोरोनाको खोप लगाउने बताएका छन् । प्रतिनिधिसभामा सांसदहरुलाई धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । 

संसदमा देउवालाई बधाई दिने क्रममा बोलेका सांसदहरुले जनतालाई कोरोना खोप उपलब्ध गराउने विषयमा सरकारको मुख्य ध्यान हुनुपर्ने भन्दै खोपको व्यवस्थापनका लागि आग्रह गरेका थिए । 

सोही आग्रहप्रति प्रतिवद्धता जनाउँदै प्रधानमन्त्री देउवाले आफूले खोपको व्यवस्थापनमा मुख्य ध्यान दिएको बताएका हुन् । उनले आफूले खोपका लागि आवश्यक पहल गरिरहेको बताए । 

प्रधानमन्त्री देउवाले कोरोना विरुद्धको खोप जतिसुकै महँगो भए पनि सहयोग मागेर तथा किनरै सम्पूर्ण नेपालीलाई लगाउने प्रतिवद्धता व्यक्त गरे । उनले जुनसुकै शर्तमा खोपको व्यवस्था गर्ने बताए । 





  • प्रकाशित मिति : साउन ८, २०७८ शुक्रबार १५:२७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया