कोरोना अपडेट : थप २९७७ जनामा कोरोना संक्रमण, १८ जनाको निधन

पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ९७७ जना कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ३०८ जनाको एन्टिजेन तथा पिसिआर परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् । 

१३ हजार ६९८ नमुनाको पिसिआर विधिबाट र ३ हजार ६१० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १ हजार ६७८ जना कोरोना निको भएर घर फर्केका छन् । नेपालमा हालसम्म ६ लाख ३९ हजार ३६८ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९४.५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६७९ पुगेको छ । 





  • प्रकाशित मिति : साउन ८, २०७८ शुक्रबार १६:२७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया