रेष्टुरेन्ट व्यवसायीद्वारा भ्याट हटाउन अर्थमन्त्रीसँग माग
फरकधार / ८ साउन, २०७८

रेष्टुरेन्ट व्यवसायीले सरकारले लिने भ्याट हटाउन माग गरेका छन् । व्यवसायीले अर्थमन्त्री जनार्दन शर्मासँग भेट्दै रेष्टुरेन्टमा खानाको कच्चा पदार्थमा स्वदेशी उत्पादन  र कृषि उपज प्रयोग गर्ने भन्दै भ्याट छुटको माग गरेका हुन् ।

व्यवसायीले शुक्रबार अर्थमन्त्रीसँग भेटेर मौद्रिक नीतिमा यस्तो व्यवस्था गर्न माग गरेका हुन् । मौद्रिक नीतिमा रेष्टुरेन्ट तथा बार क्षेत्रका मजदुर कर्मचारीको जीविकोपार्जनका लागि कम्तिमा ३ लाखसम्मको सहुलियत ब्याजदरमा घरायसी कर्जा उपलब्ध गराउन समेत व्यवसायीले माग गरेका छन् । 

त्यसैगरी, आन्तरिक पर्यटन प्रवर्द्धन गर्न वित्तीय संस्थाहरुमा समेत अनिवार्य भ्रमण बिदा कायम गर्न उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । चालु आवको बजेटमा सरकारले सरकारी कर्मचारीका लागि १० दिने भ्रमण बिदा दिने घोषणा गरेको छ । 



वित्तीय संस्थाले कम्तिमा ५० हजार रुपैयाँसम्म खर्च गर्ने गरी आन्तरिक भ्रमणमा पठाउने व्यवस्था गर्न व्यवसायीले माग गरेका छन् । 



यसले कर्मचारीले मुलुक घुम्न पाउने, होटेल–रेष्टुरेन्ट व्यवसायीलाई करको दायरामा समेट्न सहज हुने, मुलुकको पैसा विदेशिन नपाउने र कोभिडबाट अति प्रभावित आतिथ्य सेवालाई केही मात्रामा भए पनि राहत पुग्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

  • प्रकाशित मिति : साउन ८, २०७८ शुक्रबार १८:१३:१९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया