टोकियो ओलम्पिक : सोनिया पहिलो खेलमै पराजित

नेपाली जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिकको पहिलो खेलमै पराजय बेहोरेकी छन् ।

सोनिया रुसकी डोल्गोभा इरिनासँग पराजित भएकी हुन् । शनिबार राउन्ड अफ ३२ अन्तर्गत ४८ केजी मुनिको तौल समूहमा उनले १ मिनेट १६ सेकेन्डमै खेल गुमाइन् ।

विश्व वरियताको नवौँ स्थानमा रहेकी इरिनाले इप्पोनका आधारमा सोनियामाथि सहज जित दर्ता गरेकी हुन् ।

इरिनाले फाइनल प्रवेश गरेको खण्डमा सोनियाले रेपेचेजमार्फत पुन ःप्रतिस्पर्धा गर्ने मौका पाउनेछिन् । 

सोनियाले वाइल्ड कार्डमार्फत् ओलम्पिकमा सहभागिता जनाउने अवसर प्राप्त गरेकी हुन् ।

डोपिङका कारण प्रतिवन्धमा परेपछि रुसी खेलाडीले देशको नभएर स्वतन्त्र रूपमा ओलम्पिक कमिटीको झन्डामुनि रहेर प्रतिस्पर्धा गरिरहेका छन् । 





  • प्रकाशित मिति : साउन ९, २०७८ शनिबार ८:२४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया