चाइनिज सुटर याङ चियन टोकियो ओलम्पिकमा स्वर्ण जित्ने पहिलो खेलाडी बनेकी छन् ।
२१ वर्षीया याङले शनिबार फाइनल चरणमा २५१.८ अंक जोड्दै महिला १० मिटर एयर राइफलमा स्वर्ण हात पारेकी हुन् ।
यही स्पर्धामा रुसकी अनास्टासिया गलाशिनाले रजत र स्विट्जरल्यान्डकी क्रिस्टिन निनाले कास्य पदक हात पारे ।
यस स्पर्धामा नेपालकी कल्पना परियारले पनि सहभागिता जनाएकी थिइन् । उनले छनोट चरणमा ६१६.८ अंक जोड्दै राष्ट्रिय कीर्तिमान कायम गरिन् । राष्ट्रिय कीर्तिमान बनाए पनि कल्पना फाइनल चरणमा भने पुग्न सकिनन् । ५० खेलाडी रहेको छनोट चरणमा उनी ४६ औँ स्थानमा रहिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।