भीमदत्त राजमार्ग अवरुद्ध
फाइल फाेटाे

डडेलधुराको आलिताल गाउँपालिका-१  गैरा नजिकै शनिबार बिहान पहिरो खस्दा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षाका कारणले पहिरो खस्दा भीमदत्त राजमार्ग अवरुद्ध भएको हो । 

जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार पहिरोसँगै रूख र ढुंगा पनि खसेका छन् । पहिरो हटाउनका लागि डोजर पठाइसकिएको छ । चाँडै बाटाे खुलाउन प्रयास गर्ने प्रहरीले बताएकाे छ ।

राजमार्ग अवरुद्ध भएसँगै गन्तव्यमा हिँडेका सवारी साधन अलपत्र परेका छन् ।





  • प्रकाशित मिति : साउन ९, २०७८ शनिबार १०:१२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया