धर्म राजनीतिको विरोध हुनैपर्छ, यसमा किन्तु परन्तु हुन्न : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले धर्मलाई समातेर कसैले राजनीति गर्छ भने त्यसको विरोध हुनैपर्ने बताएका छन् । 

भट्टराईले सामाजिक सञ्जालमार्फत धर्मलाई समातेर गरिने राजनीतिको विरोध गर्नुपर्ने बताएका हुन् । उनले धर्मभित्र रहेका कुरीति, रुढीवाद धर्म नभएको भन्दै त्यसलाई राजनीतिमा प्रयोग गर्नेको विरोध गर्नुपर्ने बताए । 

जीवन र समाजको उचित व्यवस्थापनका लागि परिस्थिति अनुरुप बनाइएको नियमहरु नै धर्म भएकाले तिनीहरु परिवर्तनशील हुने भट्टराईको भनाइ छ । उनले विभिन्न कालखण्डमा घुसाइएका अन्धविश्वास धर्म नभएका बताए । 

डा. भट्टराई लेख्छन्, 'धार्यते इति धर्मः! जीवन र समाजको उचित व्यवस्थापन निम्ति देश कालअनुरूप बनाइएका नियम नै धर्म हुन् । ती निरन्तर परिवर्तनशील हुन्छन् । तर विभिन्न कालखण्डमा घुसाइएका अन्धविश्वास, कुरीति, रूढीवाद धर्म हैनन् ।' 

भट्टराईले तिनै अन्धविश्वास, कुरीतिलाई समातेर कसैले कसैले राजनीति गर्छ भने त्यसको विरोध हुनैपर्ने बताए । उनले त्यसको विरोधका लागि कुनै किन्तु परन्तु नहुने पनि बताए । 



 



  • प्रकाशित मिति : साउन ९, २०७८ शनिबार ११:५७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया