सुरक्षाकर्मीहरूको हवाई आक्रमणमा परी अफगानिस्तानमा कम्तीमा ३० जना तालिबानीको मृत्यु भएको छ ।
अफगानी रक्षा मन्त्रालयका अनुसार घटनामा अन्य १७ जना घाइते भएका छन् । शुक्रबार दुई प्रान्तमा भएको हवाई आक्रमणमा उनीहरुको मृत्यु भएको हो ।
सुरक्षाकर्मीले मुर्घाब र हसानका तालिबान लडाकुको आश्रयस्थललाई लक्षित गरेर हवाई आक्रमण गरेको थियो ।
हेल्मन्ड प्रान्तमा सुरक्षाकर्मीको हवाई आक्रमणपछि लडाकुका सवारीसाधन, बंकर, विस्फोटक पदार्थलगायत सामग्री बरामद भएको छ ।
अफगानिस्तानबाट अमेरिकी सेना फर्केपछि त्यहाँको घरेलु द्वन्द्व झनै कठिन मोडमा पुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।