जसपा विवाद : यादव पक्ष सोमबार बहुमत सदस्यसहित निर्वाचन आयोग जाने

जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष बहुमत कार्यकारिणी सदस्यसहित सोमबार निर्वाचन आयोगमा उपस्थित हुने भएको छ । 

शनिबार बसेको यादव पक्षको कार्यकारिणी बैठकले सबै सदस्यलाई परिचय खुल्ने सक्कल कागजातसहित आयोगमा उपस्थित हुन निर्देशन दिएको छ ।

शनिबारको बैठकमा ५१ मध्ये ३३ जना सदस्य सहभागी भएको यादव पक्षको दाबी छ । अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले भने सर्वोच्चमा रिट निवेदन दायर गरेको छ । 

यसबारे पनि बैठकमा छलफल भएको थियो । बैठकले अर्का ठाकुर पक्षले सर्वोच्च अदालतमा दायर गरेको रिट गलत भएको ठहर गरेको छ । निर्वाचन आयोगमा पार्टीको विवादबारे बहस विचाराधीन रहेका बेला त्यसलाई प्रभावित हुने गरी रिट दायर गर्नु गलत भएको यादव पक्षको ठहर छ । 

निर्वाचन आयोगले जसपाको आधिकारिकता विवाद टुंगो लगाउन कार्यकारिणी समिति सदस्यलाई साउन ११ गते बोलाउने निर्णय गरेको थियो । आयोगको सो प्रक्रिया रोक्न माग गर्दै ठाकुर पक्षले सर्वोच्चमा रिट दायर गरेको हो । 





  • प्रकाशित मिति : साउन ९, २०७८ शनिबार १८:१२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया