पूर्वप्रधानमन्त्री झलनाथ खनालको सम्पूर्ण स्वास्थ्य उपचार खर्च बेहोर्ने अघिल्लो मन्त्रीपरिषदको निर्णय सच्याउन कांग्रेस नेता धनराज गुरुङले सरकारलाई आग्रह गरेका छन् ।
कानुनभन्दा माथि सरकार नहुने भन्दै उनले जनस्वास्थ्य ऐन २०७५ मिचेर पूर्वप्रधानमन्त्रीको उपचार खर्च बेहोर्ने निर्णय सच्याउन आग्रह गरेका हुन् ।
गुरुङले शनिबार सामाजिक सञ्जालमार्फत सरकारलाई यस्तो आग्रह गरेका हुन् । पूर्व प्रधानमन्त्री खनाल साँच्चिकै असहाय हुन् भने उनको नाममा उपचार कोष बनाएर चन्दा माग्नु कानुनसम्मत हुने गुरुङको भनाइ छ ।
उनले ट्विटरमा लेखेका छन्, ‘कानुन भन्दामाथि सरकार हुँदैन। जनस्वास्थ्य ऐन २०७५ प्रतिकूल हुनेगरी पूर्व प्र.म.झलनाथ खनालको सम्पूर्ण स्वास्थ्य उपचार खर्च सरकारले व्यहोर्ने मन्त्रीपरिषदको निर्णय सच्याऊ सरकार !’
उनको थप आग्रह छ, ‘पूर्व प्र.म.खनाल साँच्चिकै असहाय हुनुहुन्छ भने झलनाथ खनाल उपचार कोष बनाएर चन्दा मागे कानुनसम्मत हुन्छ।
कानुन भन्दामाथि सरकार हुँदैन। जनस्वास्थ्य एेन २०७५ प्रतिकूल हुनेगरी पुर्ब प्र.म.झलनाथ खनालको सम्पुर्ण स्वास्थ्य उपचार खर्च सरकारले व्यहोर्ने मन्त्रीपरिषदको निर्णय सच्याऊ सरकार!
— Dhan Raj Gurung (@dhanrgrg) July 24, 2021
पुर्ब प्र.म.खनाल साँच्चिकै असहाय हुनुहुन्छ भने झलनाथ खनाल उपचार कोष बनाएर चन्दा मागे कानुनसम्मत हुन्छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।