अस्ट्रेलियामा सरकारले विभिन्न सहरमा लगाएको लकडाउनको विरोधमा प्रदर्शन भएका छन् । राजधानी सिड्नी तथा मेलबर्न र ब्रिस्वेनमा प्रदर्शन भएको हो ।
राजधानी सिड्नीमा मात्रै हजारौँ नागरिक सडकमा उत्रिएका छन् । प्रदर्शनका क्रममा ५७ भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् ।
अस्ट्रेलियाको न्यु साउथ वेल्सलाई कोभिड हटस्पट घोषणा गरिएको छ । जहाँ शनिबार मात्रै १ सय ६३ जना संक्रमित भेटिएका छन् ।
कोरोना संक्रमण फेरि बढ्न थालेको भन्दै अस्ट्रेलिया सरकारले कडा लकडाउन लगाएको छ ।
हालसम्म १४ प्रतिशत अस्ट्रेलियालीले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।