दोस्रो एक दिवसीयमा वेस्ट इन्डिज विजयी

अस्ट्रेलियाविरुद्ध ३ खेलको एक दिवसीय सिरिज अन्तर्गत दोस्रो खेलमा घरेलु टोली वेस्ट इन्डिज विजयी भएको छ । उसले आइतबार बिहान भएको खेलमा ४ विकेटको जित दर्ता गरेको हो । 

अस्ट्रेलियाले दिएको १८८ रनको लक्ष्य वेस्ट इन्डिजले ३८ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍याे । उसका लागि निकोलस पुरन र जेसन होल्डरले अर्धशतकीय पारी खेले। ​

पुरनले ७५ बलको सामना गर्दै समान २-२ चौका र छक्काको मद्दतमा अविजित ५९ रन बनाए । ६९ बलमा ५ चौका र १ छक्का प्रहार गरेका होल्डरले ५२ रनको योगदान दिए । साइ होपले ३८ रन जोडे । 

अस्ट्र‍ेलियाका मिचेल स्टार्कले ३, एडम जाम्पाले २ र एस्टोन टर्नरले १ विकेट हात पारे ।

यसअघि ब्रिजटाउनमा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले ४७.१ ओभरमा सबै विकेट गुमाउँदै १८७ रनको मध्यम योगफल तयार पारेको थियो ।

उसका लागि वेस अगरले सर्वाधिक ४१ रनको योगदान दिँदा म्याथ्यु वेड र एडम जाम्पाले ३६-३६ रन जोडे । 



वेस्ट इन्डिजका अकिल हुसेन र अल्जारी जोशेफले ३-३, सेल्डोन कोट्रेलले २ विकेट हात पार्दा जेसन होल्डर र हाइडेन वाल्सले १-१ विकेट लिए । 

वेस्ट इन्डिजको जितसँगै १-१ को बराबरीमा पुगेको छ । सिरिज विजेताको टुङ्गो तेस्रो तथा अन्तिम खेलबाट लाग्ने भएको छ । 



पहिलो खेलमा अस्ट्रेलिया १३३ रनले विजयी हुँदा तेस्रो खेल जुलाई २७ मा हुनेछ।
 

  • प्रकाशित मिति : साउन १०, २०७८ आइतबार ९:६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया