नेपाललाई साफ च्याम्पियनसिप आयोजना गर्न प्रस्ताव

अखिल नेपाल फुटबल संघ (एन्फा)लाई साफ च्याम्पियनसिप आयोजना गर्न औपचारिक प्रस्ताव आएको छ । दक्षिण एसियाली फुटबल महासंघले एन्फालाई यस्तो प्रस्ताव गरेको हो ।  

आगामी अक्टोबरमा १३औँ संस्करणको साफ च्याम्पियनसिप गर्न एन्फालाई महासंघले पत्र पठाएको हो । साफका महासचिव अनवारूल हकले एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेख्दै साफ च्याम्पियनसिप आयोजनाका लागि प्रस्ताव पठाएको एन्फाले जनाएको छ । 

यसअघि नेपालले साफ च्याम्पियनसिपका लागि महासंघलाई प्रस्ताव पठाएको थियो । एन्फाले सोही पत्रको सकारात्मक जवाफ पठाएको हो । 

यसअघि बंगलादेशमा आयोजना गर्न तय भएको साफ च्याम्पियनसिप कोरोना महामारीका कारण हुन सकेको थिएन । बंगलादेशले प्रतियोगिता आयोजना गर्नबाट हात झिकेपछि नेपालले इच्छा देखाएको हो । 

नेपालले यसअघि सन् १९९७ तथा सन् २०१३ मा  साफ च्याम्पियनसिप आयोजना गरिसकेको छ ।





  • प्रकाशित मिति : साउन १०, २०७८ आइतबार २१:३८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया