उपत्यकामा थपियो १० दिन निषेधाज्ञा, के-के खुल्छ, के-के खुल्दैन ?

काठमाडौं उपत्यकामा थप १० दिन निषेधाज्ञा जारी गरिएको छ । 

हिजो(आइतबार) काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो । 

बैठकले खुला स्थानमा मानिस भेला हुन, सभा, जुलुस, महोत्सव, पार्टी गर्न रोक लगाएको छ । यसै गरी बैठकले सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, स्विमिङ पुल, मनोरञ्जन स्थल, संग्रहालय लगायत मानिसको भीड हुने कार्यक्रम बन्देज गरेको छ।

एक कोठामा २५ जनासम्म परीक्षार्थी राखेर परीक्षा सञ्चालन गर्न पाइनेछ । तर जनस्वास्थ्यका मापदण्ड भने अपनाउनुपर्नेछ । 

औषधि पसल भने जुनसुकै बेला पनि खोल्न पाइनेछ । तोकिएको सिट क्षमता अनुसार यात्रु राखी गाडी चलाउन पाइनेछ । 

के-के खुल्ने, के-के नखुल्ने ?





 

  • प्रकाशित मिति : साउन ११, २०७८ साेमबार ८:३८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया