जसपा आधिकारिकता विवाद : आजै आउला फैसला ?

पुस ५ मा गरिएको प्रतिनिधिसभा विघटन गरे बदर भएपछि दुई खेममा बाँडिएको जनता समाजवादी पार्टी आधिकारिक विभाजनको नजिक पुगेको छ ।  पार्टीको आधिकारिकता कसले पाउने भन्ने विषयमा अन्तिम निर्णय गर्ने तयारी निर्वाचन आयोगले गरेको छ । 

त्यसका लागि जसपाको कार्यकारिणी समितिमा कसको पक्षमा बहुमत छ भनी आयोगले सोमबार हेड काउन्ट गर्दैछ । सोमबार बिहान ११ बजेदेखि ४ बजेसम्म निर्वाचन आयोगमा उपस्थित भइ कित्ता स्पष्ट गर्ने आयोगले आह्वान गरेको छ । हेड काउन्टका लागि जसपाका नेताहरु निर्वाचन आयोगमा पुग्ने क्रम पनि चलिरहेको छ । 

जसपाको आधिकारिकताका विषयमा निर्वाचन आयोगको फैसला आजै आउने चर्चा भइरहेको छ । तर आजै निर्णय आउँछ भन्ने निश्चित नभएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताएका छन् । 

तोकिएको समय भित्र उपस्थित भएर आफ्नो पक्षमा गरिएको हस्ताक्षरको गणना गरेपछि फैसला आउने प्रवक्ता श्रेष्ठले बताए । जसपाका कार्यकारिणी सदस्यहरु छिट्टै उपस्थित भएर हस्ताक्षर गरेमा आजै निर्णय आउन पनि सक्ने प्रवक्ता श्रेष्ठको भनाइ छ। 

कार्यकारिणी सदस्यको बहुमत जसको पक्षमा हुन्छ उसैलाई आधिकारिकता दिने तयारी निर्वाचन आयोगको छ । पछिल्लो दिनमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई पक्षमा बहुमत कार्यकारिणी सदस्य देखिएकाले त्यही पक्षले आधिकारिकता पाउने सम्भावना छ । 

निर्वाचन आयोगले आह्वान गरेको हेड काउन्ट रोक्न माग गर्दै अर्काे अध्यक्ष महन्थ ठाकुर पक्ष सर्वोच्च अदालतमा गएको थियो । आइतबार सर्वोच्चले उनको निवेदन खारेज गरिदिएको छ । 
 





  • प्रकाशित मिति : साउन ११, २०७८ साेमबार ११:४८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया