जसपा ठाकुर पक्षका नेता भन्छन्-'विभाजनको माग गरेकै छैन, किन सनाखत गर्नुपर्‍यो
फाइल तस्बिर

आफूहरुले निर्वाचन आयोगमा पार्टी विभाजनको माग नै नगरेको जसपाको महन्थ ठाकुर पक्षले बताएको छ । अहिले आधिकारिकताको विषयमा निर्णय गर्न आवश्यक नै नभएको जसपा ठाकुर पक्षका नेता सरदसिंह भण्डारीले बताएका छन् । 

सनाखतका लागि सोमबार निर्वाचन आयोग पुगेका भण्डारीले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् । आफूहरुको पक्षमा अहिले १६ जना मात्रै कार्यकारिणी सदस्य रहेको उनले जानकारी दिएका छन् । 

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता दिँदैछ । तपाईहरु के गर्नुहुन्छ ? भन्ने प्रश्नमा भण्डारीले निर्वाचन आयोगले कस्तो फैसला गर्छ त्यही आधारमा कदम चाल्ने बताए । 

उपेन्द्र यादव पक्षका नेताहरुले ठाकुर पक्षमा लागेका नेताहरु आत्मालोचना सहित आए पार्टीमा समावेश गराउने बताएका छन् । 
 
भण्डारीले भने आफूहरुले आत्मालोचना गर्नुपर्ने कुनै गल्ती नगरेको दावी गरेका छन् । यसअघिको सरकारलाई पनि पार्टीको माग र मुद्दाका आधारमा सहयोग गरेका हौँ’ उनले भने, अबको सरकारसँग पनि पार्टीका माग, मुद्दाका अगाडि सार्छौँ । आत्मालोचना गर्नुपर्ने केही गल्ती गरेका छैनौँ ।’

निर्वाचन आयोगको कोर्टमा बल भएकाले उसको फैसला मानेर जाने भण्डारीले बताए। 





  • प्रकाशित मिति : साउन ११, २०७८ साेमबार १३:१७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया