टोकियो ओलम्पिक : स्वर्ण जित्दै जापानी दाजु बहिनीले बनाए कीर्तिमान

जापानमा जारी टोकियो ओलम्पिकमा स्वर्ण जित्दै आयोजक राष्ट्रका दाजु बहिनीले कीर्तिमान बनाएका छन् । 

जुडो खेलाडी हिफुमी आवे (दाजु) र उता आवे (बहिनी) ओलम्पिक इतिहासमा एकै दिन एकै खेलबाट स्वर्ण हात पार्ने पहिलो दाजु बहिनी बनेका छन् ।

२१ वर्षीया बहिनी उताले महिला ५२ केजी मुनिको तौल समूहमा स्वर्ण जितेको केही समयपछि नै २३ वर्षीय दाजु हिफुमीले पुरुष ६६ केजी मुनिको तौल समूहमा स्वर्ण हात पारेका हुन् । 

निप्पोन बुकानमा आइतबार राति भएको खेलमा युरोपियन च्याम्पियन फ्रान्सकी एमादिनी बुचार्डलाई ४ मिनेटको बराबरीपछि गोल्डेन स्कोरमा पराजित गर्दै स्वर्ण पदक हात पारिन् ।

त्यसको २० मिनेटपछि नै हिफुमीले जर्जियाका भाझा मार्गभेलास्भिलीलाई वाजा रीको आधारमा हराउँदै स्वर्ण पदक हात पारे । 

‘मलाई लाग्छ हामीले इतिहासमा नाम लेखाएका छौँ र यसलाई परिवर्तन गरेका छौँ’, हिफुमीले स्वर्ण जितपछि भने, ‘मैले विगत ४ वर्षदेखि कडा मेहनत गरेको थिएँ । त्यसको प्रतिफल पाएकोमा खुुसी छु ।’



‘बुचार्ड एक उत्कृष्ट प्रतिद्वन्द्वी हुन्, म उनलाई सम्मान गर्छु’, उताले भनिन्, ‘ उनलाई हराउन सफल भएकोमा निकै खुसी छु ।’ 



  • प्रकाशित मिति : साउन ११, २०७८ साेमबार १४:३८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया