जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई

जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवाद टुंगिएको छ । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ ।

यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले यादव पक्षलाई आधिकारिकता दिएको हो । 

जसपाका अध्यक्षद्वय यादव र महन्थ ठाकुरले एकले अर्कोलाई कारबाही गर्दै आफू आधिकारिक भएको दाबी आयोगमा पेस गरेका थिए । 

यस विवादमा निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमै बोलाएर सनाखत गराएको थियो । 

सो क्रममा उपेन्द्र यादवको पक्षमा ३४ महन्थ ठाकुरको पक्षमा १६ जना कार्यकारिणी सदस्यले समर्थन गरेका थिए । 

केन्द्रीय कारागारमा रहेका सांसद एवं कार्यकारिणी सदस्य रेशम चौधरी भने सो विवादमा तटस्थ बसेका थिए ।





  • प्रकाशित मिति : साउन ११, २०७८ साेमबार १७:३३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया