पार्टी एकताको पक्षमा योगदान पुर्याउने गरी बहसमा उत्रन ठाकुर गैरेको आग्रह

नेकपा एमालेका युवा नेता ठाकुर गैरेले पार्टी एकताको पक्षमा सकारात्मक योगदान पुर्याउने गरी बहसमा उत्रन एमालेका नेता–कार्यकर्तालाई आग्रह गरेका छन् । 

सोमबार साँझ सामाजिक सञ्जालमार्फत उनले यस्तो आग्रह गरेका हुन् । जनादेश कि परमादेश भन्ने बहसले झगडा बढाउनेबाहेक कुनै सकारात्मक परिणाम नदिने उनको भनाइ छ ।

‘जनादेश कि परमादेश वाला बहस तन्काउन जति पनि सकिन्छ, तर यसले झगडा बढाउनेबाहेक कुनै सकारात्मक परिणा ल्याउने देखिँदैन,’ गैरेले लेखेका छन्, ‘आदरणीय एमालेजनहरु कृपया बहस पार्टी एकताको पक्षमा सकारात्मक योगदान पुर्याउने गरी गरौँ।’






  • प्रकाशित मिति : साउन ११, २०७८ साेमबार २१:३८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया