निर्वाचन आयोगले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएसँगै महन्थ ठाकुर पक्ष समस्यामा परेको छ । सोमबार आयोगको निर्णय आएसँगै अब जसपाका अध्यक्षमा महन्थ ठाकुर रहने छैनन् । ४ असारमा यादव पक्षले दिएको निवेदनअनुसार मंगलबार आयोगको निर्णय आएको हो ।
यादलको निवेदन र नेतृत्वलाई आयोगले मान्यता दिएसँगै अब पार्टीले ठाकुर पक्षका नेताहरुलाई कारवाही पनि गर्न सक्छ । उनीमाथि कारवाही गर्दा पार्टीबाट उनलाई निस्कासन गर्न समेत सकिने छ ।
यस्तो भएको खण्डमा ठाकुरले नयाँ दल दर्ता गर्न पाउने छन् ।
तर, उनले नयाँ दल दर्ता गर्दा उनको र उनी पक्षधरको सांसद पनि गुम्ने छ ।
सोमबार निर्वाचन आयोगमा हेड काउन्टका लागि पुग्दा यादव पक्षमा ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये ३४ जना रहेका थिए । ठाकुरको पक्षमा १६ जनाले मात्र हस्ताक्षर गरे । एक सदस्य रेशम चौधरी तटस्थ बसे ।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३३ को उपदफा २ मा केन्द्रीय समिति र संघीय संसदीय दलको ४० प्रतिशत सदस्य भएमा मात्र दल त्याग गरेको नमानिने उल्लेख छ । यही आधारमा अब ठाकुर पक्षसँग ४० प्रतिशत सदस्य नपुग्ने भएकाले नयाँ दल गठन गर्दा उनको सांसद पद गुम्ने भएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।