सडक निर्माणका लागि खनेकाे खाडलमा माेटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

जिल्लाको तुलसीपुर उपमहानगरपालिका-७ पर्सेनीमा रा ६ प ७२५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा टरिगाउँ निवासी ३८ वर्षीय चुडामणी भण्डारीको मृत्यु भएको हो ।

तुलसीपुरबाट बिजौरी जाँदै गर्दा सडक निर्माणका क्रममा खनेको खाडलमा परी उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

प्रहरीका अनुसार शव राप्ती प्रादेशिक अस्पतालमा पुर्‍याइएको छ । सडक समयमा नबन्दा दुर्घटनाको जोखिम बढेको छ ।


 





  • प्रकाशित मिति : साउन १२, २०७८ मंगलबार ७:३४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया