वेस्ट इन्डिज विरुद्धको एक दिवसीय सिरिज अस्ट्रेलियालाई

घरेलु टोली वेस्ट इन्डिजविरुद्ध ३ खेलको एक दिवसीय सिरिज अन्तर्गत तेस्रो तथा अन्तिम खेलमा  अस्ट्रेलिया विजयी भएको छ । उसले मंगलबार बिहान भएको खेलमा ६ विकेटको सहज जित दर्ता गरेको हो ।

यो जितसँगै अस्ट्रेलियाले सिरिजमाथि २-१ ले कब्जा जमाएको छ ।

वेस्ट इन्डिजले दिएको दिएको १५३ रनको सामान्य लक्ष्य अस्ट्रेलियाले ३०.३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍याे । उसका लागि म्याथ्यु वेड अर्धशतकीय पारी खेले । 

५२ बलको सामना गरेका वेड ५ चौका र २ छक्काको मद्दतले ५१ रनमा अविजित रहे । 

कप्तान एलेक्स केरीले ३५, मिचेल मार्शले २९ रनको योगदान दिँदा एस्टोन अगर १९ रनमा अविजित रहे ।

वेस्ट इन्डिजका अकिल हुसेन, अल्जारी जोशेफ, सेल्डोन कोट्रेल र हाइडेन वाल्सले  समान १-१ विकेट लिए । 



यसअघि ब्रिजटाउनमा टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले ४५.१ ओभरमा सबै विकेट गुमाउँदै १५२ रनको मध्यम योगफल तयार पारेको थियो ।

इभिन लुइसले अर्धशतकीय पारी खेल पनि अन्य ब्याट्सम्यानको राम्रो साथ पउन सकेनन् ।



५५ रनमा अविजित रहेका उनले ६६ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । डारेन ब्राभोले १८, अल्जारी जोशेफले १५ र साई होपले १४ रन जोडे । 

अस्ट्रेलियाका मिचेल स्टार्चले ३, जोस हेजलउड, एस्टोन अगर र एडम जम्पाले समान २-२ विकेट हात पार्दा एस्टोन टर्नरले १ विकेट लिए । 

पहिलो खेलमा १३३ रनको सानदार जित दर्ता गरेको अस्ट्रेलिया दोस्रो खेलमा ४ विकेटले पराजित भएको थियो । 


 

  • प्रकाशित मिति : साउन १२, २०७८ मंगलबार ८:४०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया