इजरायलमा केयरगिभरका लागि आवेदन खुल्ला, मासिक तलब एक लाख ८८ हजार

इजरायलमा केयरगिभरका लागि आवेदन खुलेको छ । वैदेशिक रोजगार विभागले मंगलबार सूचना जारी गर्दै इजरायलमा केयरगिभरको आवेदन खुलेको जानकारी दिएकाे हाे ।

इजरायलले पहिलो चरणमा एक हजार कामदार लैजाने छ । जसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष लैजाने विभागले जनाएको छ । कामदारकाे मासिक तलब लगभग एक हजार छ सय अमेरिकी डलर (एक लाख ८८ हजारभन्दा बढी नेपाली रुपैयाँ) हुने उल्लेख गरिएको छ ।

ओभर टाइम र सेवासुविधा इजरायली सरकारको नियमअनुसार हुने छ । हप्तामा छ दिन काम गर्नुपर्नेछ। खाने खर्च कामदार आफैँले व्यवस्था गर्नुपर्नेछ । 

बस्ने सुविधा भने रोजगारदाताले विदेशी कामदार सम्बन्धी नियमअनुसार व्यवस्था गर्ने उल्लेख गरिएको छ।

केयरगिभरमा जानका लागि नेपाली नागरिक २५ वर्ष उमेर पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने छ ।  उचाइ कम्तीमा एक दशमलव पाँच मिटर (चार दशमलव नौ फिट), तौल ४५ केजी हुनुपर्ने विभागले जनाएकाे छ । 

शैक्षिक योग्यता कम्तीमा दश कक्षा उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धि विषयमा १५ महिनाको अध्ययन पूरा गरेको अथवा १२ कक्षा वा सो सरहको शैक्षिक योग्यता हासिल गरी सरकारबाट मान्यता प्राप्त प्रशिक्षण केन्द्रमार्फत तालिम लिएको हुन पर्ने छ । 



यस्तैगरी अंग्रेजी भाषामा दक्ष, शारीरिक तथा मानसिक रूपमा स्वस्थ र असल चरित्र भएको हुनुपर्ने जारी सूचनामा उल्लेख छ । 

सूचना अनुसार २१ दिनभित्र विभागको वेबसाइटमा आवेदन दिनुपर्नेछ ।



 

  • प्रकाशित मिति : साउन १२, २०७८ मंगलबार १२:३४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया