टोकियो ओलम्पिक : फ्लोरा डुफेलाई ऐतिहासिक स्वर्ण

टोकियो ओलम्पिकमा बर्मुडाकी फ्लोरा डुफे महिला ट्रायथलनको एकल स्पर्धामा स्वर्ण जित्दै देशका लागि ओलम्पिक स्वर्ण जित्ने पहिलो खेलाडी बनिन् । 

डुफेले १ घन्टा ५५ मिनेट ३६ सेकेन्डको समय निकाल्दै ऐतिहासिक स्वर्ण हात पारेकी हुन् । यो स्पर्धामा बेलायतकी जर्जिया टेलर ब्राउनले रजत र अमेरिकाकी केटी जाफरेसले कास्य पदक जिते । 

ब्राउनले १ घन्टा ५६ मिनेट ५० सेकेन्ड र जाफरेसले १ घन्टा ५७ मिनेट ३ सेकेन्डको समय निकाले । 





  • प्रकाशित मिति : साउन १२, २०७८ मंगलबार १३:१२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया