टोकियो ओलम्पिकः ५७ वर्षको उमेर पदक

टाेकियो  ओलम्पिकमा कुवेतका सुटिङ खेलाडी अब्दुल्लाह अल रसिदीले कास्य पदक जितेका छन् । 

उनले सुटिङको स्किट विद्यामा कास्य पदक जितेका हुन् । हालसम्मकै बढी उमेरमा पदक जितेर उनी चर्चामा आएका हुन् ।

यो उनको लगातार दोस्रो ओलम्पिक पदक हो । उनले सन् २०१६ को ओलम्पिकमा पनि कास्य पदक हात पारेका थिए । 

यस स्पर्धामा अमेरिकाका भिसेन्ट हैनककले ५९ अंक जोडेर स्वर्ण हात पारे । त्यस्तै डेनमार्कमा जेस्पर हैनसेनले ५५  अंकसहित रजत पदक जिते ।  रसिदीले भने ४६ अंक जोडे।

जारी ओलम्पिकसँगै उनी सातौँपटक ओलम्पिकमा सहभागी भएका हुन्। उनले लगातार ५ पटकसम्म कुनै पनि पदक हात पार्न सकेका थिएनन् । 





  • प्रकाशित मिति : साउन १२, २०७८ मंगलबार १३:२७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया