झापामा ट्रकले ठक्कर दिँदा दम्पतीकाे मृत्यु भएको छ ।
दमक-९ स्थित शान्तिमार्ग नजिकै राति साढे १० बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४ख ८७३० नम्बरको ट्रकले प्र २-०३-०१३ प ४७८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मृत्यु हुनेमा कनकाई नगरपालिका- ३ का ४३ वर्षीय पूर्णबहादुर विष्ट र उनकी श्रीमती ३६ वर्षीया भिमा विष्ट रहेका छन् ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल पुर्याए लगत्तै डाक्टरहरूले मृत घोषणा गरेका थिए ।
ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।