श्रीलंकामा भेटियो विश्वकै सबैभन्दा ठूलो नीलम, मूल्य करिब साढे सात अर्ब रुपैयाँ

श्रीलंकामा विश्वकै सबैभन्दा ठूलो नीलम(एक बहुमूल्य रत्न) भेटिएको छ । नीलमकाे तौल ५१० किलोग्राम रहेको अधिकारीहरूले जनाएका छन् ।

रत्नको एक व्यापारीले घरको आँगनमा कुवा खन्दै गर्दा उक्त नीलम भेटिएको बताए । उनी तेस्रो पिँढीका रत्न व्यापारी हुन् । नीलम भेटिएपछि उनले अधिकारीहरूलाई खबर गरेका थिए । 

विशेषज्ञहरू अन्तराष्ट्रिय बजारमा यस नीलमकाे मूल्य करिब साढे सात अर्ब रुपैयाँ रहेको जनाउँछन् ।

घटना श्रीलंकाको रत्नपुरा इलाकाको हो । रत्नपुरामा प्रचुर मात्रामा रत्न पाइन्छ । रत्नपुरलाई श्रीलंकाको रत्न राजधानीको रूपमा पनि लिने गरिन्छ । यहाँ बहुमूल्य रत्न पाइँदै आएको छ ।

श्रीलंकाबाट नै विश्वभर पन्ना, हीरा, रत्न लगायतका बहुमूल्य गहनारू निर्यात गरिन्छ । गत साल श्रीलंकाले बहुमूल्य रत्न, हीरा र अन्य गहनाको निर्यात गरी करिब ५० करोड रुपैयाँ कमाएको थियो । 





  • प्रकाशित मिति : साउन १३, २०७८ बुधबार १०:४७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया