भरान म्यानचेस्टर युनाइटेड जाने पक्का
फरकधार / १३ साउन, २०७८

स्पेनिस क्लब रियल मड्रिडका फ्रेन्च डिफेन्डर राफेल भरान इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड जाने पक्का भएको छ । 



युनाइटेडले सुरुमा भरानलाई ३४ मिलियन पाउन्डको प्रस्ताव गरे पनि यो बढेर ४२ मिलियन पाउन्डसम्म पुग्न सक्ने बताएको छ ।

‘भेरानको विषयमा रियल मड्रिडसँग सहमति भइसकेको छ,’ युनाइटेडले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘अव स्वास्थ्य प्ररीक्षण र खेलाडीको सर्तका विषयमा छलफल हुन बाँकी छ ।’



२८ वर्षीय भरानले १ वर्ष थप्न सक्ने सर्तसहित ४ वर्षका लागि युनाइटेडसँग सम्झौता गर्न लागेको बुझिएको छ । 



भरान १८ वर्षको उमेरमा फ्रेन्च क्लब लेन्सबाट रियल आएका थिए । सन् २०११ देखि २०२१ सम्म रियलमा बिताउँदा उनले क्लबका लागि ३६० खेल खेलेका थिए । 

भरानले रियलमा हुँदा ४ च्याम्पियन्स लिग, ३ ला लिगा, एक कोपा डेल रे र ४ फिफा क्लब विश्वकप उपाधि जितेका थिए । 
 

  • प्रकाशित मिति : साउन १३, २०७८ बुधबार ११:१२:५२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया