कोरोनाले थला पारेको कलाकारको स्टारडम

कोरोना कालमा थुप्रै स्टार कलाकार म्युजिक भिडियोमा देखिए । महानायकको उपाधि पाएका राजेश हमालदेखि करिश्मा मानन्धर, हरिवंश आचार्य, केकी अधिकारीसम्मका कलाकारले लोक गीतका म्युजिक भिडियोमा अभिनय गरे ।

अभिनेता पल शाह, पुष्प खड्का, आकाश श्रेष्ठ, दयाहाङ राई लगायतका कलाकार म्युजिक भिडियोमा निकै व्यस्त रहे । चलचित्र बजार ठप्प भएपछि आम्दानीका लागि पनि धेरै स्टार कलाकार म्युजिक भिडियोमा देखिए ।

चलचित्रमा चलेका कलाकारले निरन्तर म्युजिक भिडियो खेलेपछि धेरैले ‘किन’ भन्ने प्रश्न गरे । किनको उत्तर अधिनेत्री करिश्मा मानन्धरले दिएकी छिन । उनले अहिलेको अवस्थामा स्टार कलाकारले ‘म स्टार कलाकार हुँ’ भनेर बस्ने अवस्था नरहेको उल्लेख गरेकी छिन् ।

अहिले चलचित्र निर्माण कार्य रोकिएको छ । निर्माण भएका चलचित्र पनि प्रदर्शन हुन पाएका छैनन् । कलाकारहरू दर्शकसम्म पुग्न सकिरहेका छैनन् । दर्शक र कलाकारको यो दूरी मेट्नका लागि पनि कलाकारहरूले म्युजिक भिडियोमा खेल्नु पर्ने अवस्था रहेको उनको तर्क छ । उनले भनेकी छिन्, ‘मुख्य कुरा दर्शकमाझ पुग्नु हो । म्युजिक भिडियोले पनि हामीलाई दर्शकमाझ पुर्‍याइरहेको छ ।’

चलचित्र मार्फत पुग्न नसकेका दर्शकमाझ म्युजिक भिडियोले पुर्‍याउन मद्दत गरेको करिश्माले बताइन् । उनले अहिलेको अवस्थामा ठूलो चलचित्र, सानो म्युजिक भिडियो भनेर बस्न नहुने बताएकी छिन् । ‘जसले जे गर्दा राम्रो हुन्छ, त्यो गर्नु पर्छ’, करिश्माले भनिन् ।





  • प्रकाशित मिति : साउन १३, २०७८ बुधबार १४:८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया