रियल मड्रिडले महंगो मूल्यमा बेचेका ४ खेलाडी

विश्व ट्रान्सफर बजारमा महंगा खेलाडी किन्न माहिर स्पेनिस क्लब रियल मड्रिडले महंगो मूल्यमा खेलाडी बेच्दा चर्चा हुनु स्वभाविक हो । यहाँ यस्तै चार खेलाडीको चर्चा गरिएको छ जसलाई रियलले महंगो मूल्यमा बचेको थियो ।

राफेल भारान
एक दशक स्पेनिस क्लब रियल मड्रिडमा बिताएका फ्रेन्च डिफेन्डर भरान ५० मिलियन युरोमा इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड जाने पक्का भइसकेको छ । 

भरान सन् २०११ मा १८ वर्षको हुँदा फ्रेन्च क्लब लेन्सबाट रियल आएका थिए । उनलाई भित्र्याउन क्लबले त्यसबेला १० मिलियन युरो खर्चिएको थियो । 

एन्जल डि मारिया
डि मारियालाई रियलले सन् २०१० मा पोर्चुगिज क्लब बेनिफिकाबाट ३३ मिलियन युरोमा भित्र्याएको थियो । २०१४ मा यी अर्जेन्टिनी विंगर तथा एट्याकिङ मिडफिल्डर ७५ मिलियन युरोमा इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड पुगेका थिए ।

अल्भारो मोराटा
स्पेनिस स्ट्राइकर मोराटालाई रियलले सन् २०१६ मा इटालियन क्लब युभेन्टसबाट ३० मिलियन युरोमा भित्र्याएको थियो । क्लबले मोरोटालाई सन् २०१७ मा इङ्ग्लिस क्लब चेल्सीलाई ८० मिलियन युरोमा बिक्री ग¥यो ।


क्रिस्टियानो रोनाल्डो 
पाेर्चुगिज फर्वाड रोनाल्डो रियलको इतिहासमै सर्वाधिक महंगो मूल्यमा बिक्री भएका खेलाडी हुन् । उनी सन् २०१८ मा १०५ मिलियन युरोमा इटालियन क्लब युभेन्टस् पुगेका थिए । 



रियलले रोनाल्डोलाई सन् २००९ इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट ९४ मिलियन युरोमा भित्र्याउँदा यसले राम्रै चर्चा पाएको थियो । 
(एजेन्सीको सहयोगमा) 



  • प्रकाशित मिति : साउन १३, २०७८ बुधबार १४:४०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया