सांसद पद पुनर्बहालीको माग गर्दै पूर्वमाओवादी नेताले हाले सर्वोच्चमा रिट

माओवादी केन्द्रबाट एमालेमा गएका चारजना पूर्वमन्त्रीले सांसद पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

संसद सचिवालयले आफूहरुलाई सांसद पदबाट मुक्त गर्ने निर्णय संविधान, ऐन र माओवादीको विधानविपरीत भएको भन्दै उनीहरुले अदालतमा रिट दायर गरेका हुन् । 

टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगले असार २३ गते दिएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको बताउँदै रिट दायर गरेका हुन् ।

यसैबीच सर्वोच्च अदालतले रिटमाथिको सुनुवाइका लागि बिहीबार (भोलि)का लागि पेसी समेत तोकेको छ ।

उनीहरूले निर्वाचन आयोगको विवरणमा एमालेको सदस्यका रूपमा आफूहरूको नाम नरहेको र एमालेको कति नम्बर सदस्य भनेर आफूहरूलाई कारबाही गर्ने पक्षले देखाउन पनि नसकेको भन्दै सफाइको मौकासमेत नदिएर गरिएको कारबाही उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरेका छन् ।





  • प्रकाशित मिति : साउन १३, २०७८ बुधबार १४:४६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया