धुर्मुस–सुन्तलीको फिल्म ‘म त मर्छु कि क्या हो’को ट्रेलर सार्वजनिक

हास्यकलाकार जोडी सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले दोस्रो फिल्म निर्माण गरेका छन् । उनीहरुले निर्माण गरेको फिल्म ‘म त मर्छु कि क्या हो’को ट्रेलर सार्वजनिक गरिएको छ । 

हास्य टेलिसिरियल ‘मेरी बास्सै’बाट चर्चामा आएका धुर्मुस–सुन्तली आफूहरुले निर्माण गर्ने फिल्मको ट्रेलरमा मेरी बास्सैके गेटअपमा नै देखिएका छन् ।

फिल्ममा उनीहरुको अलवा बुद्धि तामाङ, विजय बराल, रवि गिरी, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइराला, बलदिप राईलगायतका कलाकारको अभिनय समेटिएको छ । 

धुर्मुस–सुन्तलीको लेखन र निर्देशनमा बनेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन, स्वेत्ना योञ्जनको कोरियोग्राफी छ । फिल्म ओटीटी प्लेटफर्म ‘ओ हो मूभि’मा रिलिज हुने बताइएको छ ।

हास्यकलाकारको यो जोडीले यसअघि  ‘सेन्टीभाइरस’ फिल्म निर्माण गरेका थिए । पछिल्लो समय धुर्मुस–सुन्तली भरतपुरको चितवनमा  गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेका छन् । 





  • प्रकाशित मिति : साउन १३, २०७८ बुधबार १७:३९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया